दुई पटरीको बिचमा फंसेको छ जवान, सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान, जसले जन्मायो, हुर्कायो, जवान बनायो, सबैकुरा बुझ्न सक्ने यस लायकको बनायो, जसको काँखमा खेलेर आफ्नो आधा जिवन बितायो, के भयो आज यदि ममताको मोल आफ्नो माग्यो त !? जिवन साथी बनायौ जसलाई, जो सँग आधा जिवन बिताउनु छ, आफ्नो खुशिहरु, आफ्नो दु:खको क्षण, आफ्नो सपनाहरु साकार गर्नु छ, गरेका ति वाचाहरु, जसलाई मिलेर पुरा गर्नु छ । के भयो उसले आज आफ्नो अधिकार माग्यो त !? आमा…. श्रीमती त तेरो आज आएको , यो उम्र पुरै तैंले म सँग बिताएको , कुनै आपत पर्दा, मेरै ममताको छाया तैले पाएको। श्रीमति…. आमा त तिम्रो अस्ताउन लागेको घाम हुन्, भोली छोडी जाने छिन्, फेरी कुनै आपत विपत पर्दा, भोली साथ दिने मै नै हुँ । आमा…. नगरे विश्वास यसलाई , यसले के साथ देलाँ, छोडेर आएको आफ्नो बाबु- आमालाई, तेरो कसरी साथ देलाँ ? श्रीमति…. के सोच्दै हुनु हुन्छ ? के अझै ममा विश्वास छैन ? सँगै जिउँने- मर्ने वाचाहरु, के यति चाँडै बिर्सनु भयो ? बेचारा जवान चुपचाप, कसलाई दिने सुख, कसलाई दु:ख ? दिन- दिनैको यो झन्झट, कसरी ठिक पार्ने यो टाउको दुखाई ? गर्ने श्रीमती सँग सम्बन्ध- विच्छेद ? कि गर्ने गृह- त्याग अनि खरानी घसी बन्ने साँधु- सन्यासी ? या फेरी आत्महत्या ?? हो यो सोह्रै आना सत्य हो दुई पटरीको बिचमा फंसेको छ जवान, सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान।।